मङ्लबार, चैत्र ३१, २०७७ | Tuesday 13th April 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ
भीरकोट नगरपालिका

सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ

  • चन्दन केसी बिहिबार, फाल्गुन ६, २०७७ | February 18, 2021

प्रकाश अर्याल, भिरकोट, स्याङ्जा
"सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ"
प्रथम भिरकोट आलु महोत्सव २०७७को तयारी पूरा भएको छ।
यहि मिति २०७७-११-७ र ८ गते हुने भनिएको आलु महोत्सवको तयारी पूरा भएको आयोजकले आज एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
कार्यक्रममा बोल्नु हुँदै अतिथि तथा वडा अध्यक्ष श्री याम प्रसाद अधिकारिले सबै पत्रकारहरुलाइ स्वागत गर्दै यस प्रथम भिरकोट आलु महोत्सवमा विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरु, विभिन्न स्टलहरु , आलु तथा ताजा तरकारीहरुको प्रदर्शनी, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुका प्रस्तुति, विभिन्न कृषि यन्त्रहरुको प्रदशर्नी हुने र धेरै भन्दा धेरै पर्यटकहरुको उपस्थिती हुने जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथी श्री छायाराम खनालले समग्र भिरकोट बासिहरुको हौसला बढने र आलु उत्पादन हुने क्षेत्रका नाममा आफ्नो पहिचान बनाउनको लागि पहल गर्ने र कृषिबालीको उत्थान गर्नको लागि नगरपालिका हरदम तत्पर रहेको जानकारी गराउनु भयो ।
प्रथम भिरकोट आलु महोत्सवको सम्पुर्ण तयारी पूरा भएको र यो महोत्सव सभ्य र भब्य रुपमा सम्पन्न गराउनको लागि आयोजक लागि पर्ने देबि तिवारी (अध्यक्षले )बताउनु भयो भने कार्यक्रमको संचालन अमृत अर्यालले गर्नु भएको थियोे ।
कार्यक्रममा १५ जना पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

फेसबुक प्रतिक्रियाहरु