वालिङ: स्याङ्जाको वालिङ नजिक रामबाच्छामा बिरालो भनेर घरमा पाल्दा चरी बाघ भएको पुस्टि भएको छ। वालिङ नगरपालिका वडा नं १ रामबाच्छाको देवीस्थानमा बिरालो जस्तो देखिले चरी बाघ भएको पुस्टि भएको हो। स्थानीयका अनुसार चरी बाघ बालबालिकाले जंगलमा खेल्ने क्रममा घरमा ल्याएका थिए।
घरमा राख्दै गरेको बिरालो बाघ भएको जिल्ला डिभिजन वन कार्यलय स्याङ्जाले पुस्टि गरको हो। स्थानीयले गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीलाइ खबर गरे पछी रेग्मीले जिल्ला डिभिजन वन कार्यलय स्याङ्जालाइ खबर गरेको खबर अनलाइन पोर्टल कालीगण्डकी खबरले लेखेको छ।
करिब एक महिनाको जस्तो देखिने यो बाघ अहिले डिभिजन वन कार्यलय स्याङ्जाको मातहतमा राखीएको छ।