मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भिरकोटमा गुरुङ दम्पती बाट १ महिनाको घर बाहल नलिने
स्याङ्जा सेरोफेरो

भिरकोटमा गुरुङ दम्पती बाट १ महिनाको घर बाहल नलिने

  • स्याङ्जा सेरोफेरो शुक्रबार, बैशाख १२, २०७७ | April 24, 2020

स्याङ्जा: भिरकोट नगरपालिका २ का घरबेटी सम्झना गुरुङ र कुमार गुरुङले घरमा बस्ने ३ परिवार को चैत्र महिनाको घर भाडा नलिने घोषण गर्नु भएको छ। निजले उक्त घर बाट मासिक १८ हजार घरभाडा प्राप्त गर्दै आउनु भएको थियो।

विश्वभर आक्रान्त रुपमा फैलियको कोरोना भाईरस कोभिड १९ बाट नेपाल र नेपाली लाइ समेत प्रतिकुल प्रभाव पारिरहेको छ। कोरोना नफैलियोस भनेर नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको छ। लकडाउनको समय अझै थप हुने संभावना देखिन्छ।

देश मा उधोग ब्यापार ब्यावसाय ठप्प छ भने बैदेशिक रोजगारका लागी बिदेश जाने बाट समेत पैसा पठाउन सकिरहेका तसर्थ कोरोनाको कहरका कारण सरकारले चैत्र १६ गते बसेको मन्त्रिपरिषद बैठकद्धारा चैत्र महिनाको भाडा नलिन घरधनीलाई अनुरोध गरेको छ ।

उक्त अनुरोधलाइ कतिपय घरबेटि ले बेवास्ता गरिरहेको बेला भीरकोट नगरपालिका २ स्थायी घर भै हाल बेलायत मा बसोबास गर्दै आउनु भएका गुरुङ दम्पती श्री सम्झना गुरुङ र कुमार गुरुङ ले भने हाल को बिषम परिस्थितिमा निजको घरमा बस्ने ३ परिवार को चैत्र महिना को घर भाडा नलिने घोषण गर्नु भएको हो।

निजले निजको घरमा बस्नेलाइ यो बिषम परिस्थितिमा केहि राहत महशुस हुने तथा अन्यलाइ समेत सरकारले घोषण गरेको घरबाहल छुटका लागी प्रेरणा मिल्ने हुदा १ महिनाको घर बाहाल छुट गर्ने घोषण गरेको बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु