No menu items!

लकडाउनमा के गर्दै छन् प्रिन्स लम्साल ?

स्याङ्जा । कोरोना महामारीबाट संसारका अधिकांश देश लकडाउनमा छन्। यसको असर नेपालि लोक सांगीतिक छेत्रमा पनि परेको छ। लकडाउनले फुर्सदमा रहेका कलाकारहरु घरबाटै सचेतना फैलाउन सक्रिय छन्।

पछिल्लो दिन बाल दोहोरि गायक प्रिन्स लम्साल पनि लकडाउनमा सक्रिय छन्। उनि सामाजिक संजालबाट आफ्नो फ्यानसँग सवाल जवाफ गरिरहेका छन्। लम्साल समय समयमा आफ्नो फेसबुक मार्फत लाइभ आएर आफ्नो फ्यानहरु सँग कुरा गर्ने गर्छन।

प्रिन्स लम्साल लकडाउनमा आफ्नो समय कसरि बिताउरहनु भएको छ?

प्रिन्सको प्रश्नको जवाफ छ, ‘म मेरो लकडाउनको समय किताब पढेर, युटुब हेरेर, खाना पकाएर र अन्य घरका कामहरु गरेर बिताई रहेको छु!’ साथै प्रिन्सले भने, ‘मैले फुर्सदको समयमा टिक टक पनि बनाउने गरेको छु’। प्रिन्सको घरमा उनको आमा र एक दाइ रहेको बताए।

प्रिन्स कोरोना भाइरससँगको लडाईमा जित हासिल गर्ने विश्वस्त छन्। कोरोना भाइरसका कारण सांगीतिक इण्डस्ट्रीमा के असर पर्छ, लकडाउनपछि कति बदलिनेछ? भन्ने प्रश्नमा प्रिन्स भन्छन, ‘म बुझ्छु कि हामीले पज (रोक्ने) बटन दबाउनुपर्नेछ, रिसेट गर्नुपर्नेछ र आफ्नो दुनियालाई फरवार्ड प्ले गर्नुपर्नेछ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Latest News