मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • नेपालमा हालसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण
स्वास्थ्य

नेपालमा हालसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण

  • स्याङ्जा सेरोफेरो मङ्लबार, बैशाख १६, २०७७ | April 28, 2020

काठमाडौं :  नेपालमा हालसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

पिसिआर विभिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजार १९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

आज रौतहटका दुई पुरुषमा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारतलगायत अन्य मुलुकबाट आएका छन् । हाल कोशी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ । नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जना संक्रमित उपचाररत छन् । हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार १९३ वटा नमुना परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ४ हजार ८२८, प्रदेश नम्बर २ मा ५ हजार २४९ र बागमती प्रदेशमा ८ हजार ४ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९३६, प्रदेश नम्बर ५ मा ५ हजार ३२८, कर्णाली प्रदेशमा ५ हजार १८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २८३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १२ हजार १ सय ६४ जना क्वारेन्टाइनमा छन् । प्रदेश नम्बर १ मा २ हजार २८८, प्रदेश नम्बर २ मा १ हजार ५१२, बागमती प्रदेशमा ३६१ र गण्डकी प्रदेशमा ६७६ जना क्वारेन्टाइनमा छन् । यसैगरी कर्णाली प्रदेशमा १ हजार ३०९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३०९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १०३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु