शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
बिश्वो

भारतीय अभिनेता इरफान खानको निधन

  • स्याङ्जा सेरोफेरो बुधबार, बैशाख १७, २०७७ | April 29, 2020

नयाँ दिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । २ वर्षदेखि क्यान्सरको उपचार गरिरहेका बलिउड अभिनेता इरफान खानको निधन भएको हो ।

उनको आज बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

खानकी आमा सईदा बेगमका पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु