शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मल्टीमिडीया
  • क्यान्सरका सिकार बनेका पाँच बलिउडका स्टार
मल्टीमिडीया

क्यान्सरका सिकार बनेका पाँच बलिउडका स्टार

  • स्याङ्जा सेरोफेरो बिहिबार, बैशाख १८, २०७७ | April 30, 2020

काठमाडौँ : बलिउडका पाँच स्टार जसको अधिकाश समय चलचीत्रको रंगिन पर्दा र दुनियाँमा बित्यो। तर उनीहरुको जिन्दगी जीवनको उतराद्र्धतिर आएर रंगहिन बन्यो। अर्थात क्यान्सर बिरुद्धको लडाँईमा यी कलाकारहरुले हार खाए।

विश्वका धेरै मानिसहरुले क्यान्सरका कारण बाँकि जिन्दगी चाहेरै पनि बाँच्न सकेनन्। बलिउडका धेरै कलाकार पनि यसबाट अछुतो रहेनन्।

कतिले क्यान्सर उपचारको क्रममा विजय प्राप्त गरे भने कतिले मृत्यु अंगाल्न बाध्य भए। तिनै क्यानसरका कारण मृत्यु भएका केही कलाकारहरुको बारेमा सामान्य चर्चाः

इरफान खान

अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ। उनको मृत्यु मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा भएको हो। सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो। तर उनको बुधबार क्यान्सरकै कारण निधन भयो।

ऋषि कपूर

चर्चित बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ। क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रसित उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो। तर उनको त्यही निधन भयो।

विनोद खन्ना

अभिनेता विनोद खन्नाको मृत्यु पनि क्यान्सरका कारण भएको थियो। उनको मूत्रनलीमा क्यान्सर भएको थियो।

राजेश खन्ना

बलिउडका सुपरस्टार राजेश खन्नाको पनि क्यान्सरका कारण मृत्यु भएको थियो। उनको सन् २०११ मा क्यान्सर कै कारण मृत्यु भएको थियो।

फिरोज खान

नायक फिरोज खानको मृत्यु पनि क्यान्सरकै कारण भएको थियो। सन् २००८ मा क्यान्सर सँग लड्दा लड्दै बेङ्लोरमा २००९ को अप्रिल २७ मा उनको निधन भएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु