शुक्रबार, बैशाख ३, २०७८ | Friday 16th April 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रचलन
  • रोल्पाको गौरीगाउँमा बम विस्फोट हुदा चार बालबालिकाको मृत्यु
प्रचलन

रोल्पाको गौरीगाउँमा बम विस्फोट हुदा चार बालबालिकाको मृत्यु

  • स्याङ्जा सेरोफेरो बिहिबार, बैशाख १८, २०७७ | April 30, 2020

काठमाडौँ : रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा मोर्टारमा प्रयोग हुने सेल विस्फोट हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए।

गाईवस्तु चराउन जंगल गएका चार बालबालिकाकाले खेलाउँदै ल्याएको टू ईन्च मोर्टारमा लाग्ने दुई थान सेलमध्ये एउटा पडकिदा चारजना बालबालिकाको मृत्यु भएको हो । अर्को सेल सेनाको सहयोगमा डिस्पोजको तयारी भइरहेको छ ।

मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री र वडा नम्वर ४ का गौरव नेपाली रहेको प्रहरीले जनाएको छ। बारीमा भेटिको बम खेलाउँदा विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी गुरुङले जानकारी दिए।

“ग्वाला गएर आएका उनीहरुले मोर्टारको सेल जंगलमा भेटेर ल्याएजस्तो प्रारम्भीक अनुसन्धानमा देखिन्छ,” डीएसपी गुरुङले भने “सग्लो सेल डिस्पोजको तयारी भइरहेको छ।”

यसअघि मंगलबार सल्यानको बाघचौर नगरपालिका पैयाँडाडामा समेत सकेट बम खेलाउँदा बालक घाईते भएका थिए । उनको हाल नेपालगञ्जमा उपचार भइरहेको छ

स्थानिय तिलक पुनका ६ वर्षका छोरा दावा पुन घाईते भएका हुन् । प्रहरीले घटनास्थलबाट सकेट बममा प्रयोग हुने जिआइ पाइपका टुक्रा र डटपेन बाहिरको खोल फेला पारेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु