मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
बिश्वो

भारतमा थपियो दुई हप्ता लकडाउन

  • स्याङ्जा सेरोफेरो शुक्रबार, बैशाख १९, २०७७ | May 1, 2020

भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो। लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारत सरकारले जनाएकाे छ। एजेन्सी

फेसबुक प्रतिक्रियाहरु