मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोट जेसिसको सहयोगमा भीरकोटमा ‘डेंगू खोजौं र नष्ट गरौं’ अभियान सम्पन्न
स्याङ्जा सेरोफेरो

भीरकोट जेसिसको सहयोगमा भीरकोटमा ‘डेंगू खोजौं र नष्ट गरौं’ अभियान सम्पन्न

  • स्याङ्जा सेरोफेरो शनिबार, बैशाख २७, २०७७ | May 9, 2020

स्याङ्जा : भीरकोट नगरपालिकाको आयोजना र भीरकोट जेसिसको सहयोगमा डेंगू नियन्त्रणका लागि भीरकोट नगरपालिकाको 'खोजौं र नष्ट' गरौं अभियान सम्पन्न भएको छ । स्याङ्जाको भीरकोट नगरपालिकामा आज खोजौ र नस्ट गरौ अभियान सम्पन्न भएको छ।

डेंगूको नियन्त्रणको लागि नगर भित्र पानी जमेको ठाउँमा औषधि छर्ने अभियानमा नगरपालिकाका कर्मचारी, भीरकोट जेसिस र स्थानीयको र्‍यालीसहितको अभियान भीरकोट नगर कार्यपालिका बाट सुरु भएको थियो ।

कार्यक्रममा भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल, उप-प्रमुख सिमा केसी कर्मचार्य, नगर प्रवक्ता दिपेन्द्र केसी, भीरकोट जेसिसका अध्यक्ष मिना खाँण ठकुरी, सिर्जना गौतम, कमल रेग्मी लगायतको उपस्थिति थियो ।

देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डे‌ंगु रोग स्याङ्जा जिल्लामा पनि फैलिएको र भीरकोटमा पनि दुई जना डेंगु सङक्रमित देखिए पछि यसको नियन्त्रणका लागि अभियान सुरु गरिएको नगर प्रमुख छायाँराम खनालले स्याङ्जा सेरोफेरोलाइ जानकारी दिनुभयो।

घर वरिपरी भएका फोहोर, पानि जमेको ठाउँलाइ नियन्त्रण गर्ने लगायत बजारमा भएका पुराना टायरहरुको व्यवस्थापन गर्न नगर प्रमुखले आग्रह गर्नु भएको छ। डेंगु रोगबाट बच्न स्वयम आफैले सतर्कता अपनाउन पर्ने र बिहान बेलुका घरमा बस्दा पुरा कपडा लगाउने, बेलुका झुल लगायत अन्य बिधिहरु अपनाउन अनुरोध गर्नुभएको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु