मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • तरूण दलले राख्यो भीरकोटको बयरघारी बजारमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन
भीरकोट नगरपालिका

तरूण दलले राख्यो भीरकोटको बयरघारी बजारमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन

  • स्याङ्जा सेरोफेरो आइतवार, बैशाख २८, २०७७ | May 10, 2020

स्याङ्जा : नेपाल तरूण दलले स्याङजाको भीरकोटमा खुट्टाद्वारा सञ्चालित साबुन र पानीले हात धुने मेसिन जडान गरेको छ । नेपाल तरुण दल स्याङजाले भीरकोटको बयरघारी बजारमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन निःशुल्क राखिदिएको हो ।

कोरोना भाइरसको महामारी बिरुद्धको अभियानमा हातेमालो गर्न नेपाल तरुण दल केन्द्रीय कार्यालयको परिपत्र र तरूण दल स्याङजाको भिडियो कन्फ्रेन्स बैठकको निर्णयानुसार भीरकोट नगर कार्यसमितिको पहलमा उक्त मेसिन जडान गरिएको हो ।

मेसिनकाे दुईतर्फ खुट्टाले थिच्दा पानी र साबुन उपलब्ध हुन्छ। प्रयाेग गर्न अत्यन्तै सजिलाे तरिका रहेकाे मेसिनकाे डिजाइन ने.बि. संघका नेता ई. अनुप श्रेष्ठले गर्नुभएकाे हाे। स्याङजाकै युनिभर्सल मेटल ईन्डस्ट्रिजमा सो प्रविधि बनाइएको हो ।

नेपाली कांग्रेस भीरकोटका कार्यबाहक सभापति तोयनाथ अर्यालले खुट्टाद्वारा साबुन र पानीले हातधुने मेसिनको उद्घाटन गर्नु भएको हो ।

भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु गोविन्द कुमार कर्माचार्य, नसिबदिन मिया, भीरकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दिपेन्द्र केसी, ई.अनुप श्रेष्ठ, नेपाल तरूण दल भीरकोटका अध्यक्ष राजकुमार गुरुङ, महिला संघ सह-सचिव इन्दिरा केसी, भीरकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मण अधिकारी, वडा नम्बर ९ का वडाध्यक्ष भिम गुरुङ,  तरूण दल स्याङजाका उपाध्यक्ष कुल बह्दादुर गुरुङ, सचिव रबिन केसी, भू.पु संघ स्याङ्जाका अध्यक्ष छेत्र बहादुर थापा, विद्यार्थी नेता सुनिल चापागाई लगायत नेपाली कांग्रेसका बिभिन्न तह र तप्कामा रहनु भएका व्यक्तित्वहरु र बजार वासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालान  तरूण दल भीरकोटका सचिव प्रविण विक्रम खाँणले गर्नु भएको थियो भने  तरुण दल भीरकोटका अध्यक्ष राजकुमार गुरुङले कार्यक्रमको समापन गर्नु भएको थियो ।

तरूण दल भीरकोटको पहलमा  तथा भीरकोट नगरपालिकाको सहयोगमा राखिएको उक्त मेसिन बाट नगरवासीहरु एवम सिद्धार्थ राजमार्गमा यात्रा गर्ने यात्रुहरु धेरै भन्दा धेरै लाभान्वित हुने विश्वास गरोएको छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु