चुत्र महत, भीरकोट:
स्याङ्जा जिल्लाको विच भागमा रहेको भीरकोट नगरपालिका वडा न १ मा अवस्थीत लामाचौरमा स्याङ्जा जिल्लामै पहिलो क्रिकेट एकेडेमी वनाउने अभियान अनुसार रानिरह क्रिकेट खेलमैदानको निर्माण कार्यले तिव्रता पाएको छ ।
भीरकोट नगरपालिका वडा न १ ले आव २०७५÷०७६ मा रु १ लाख ५० हजार रकम विनियोजीत गरी थालनी गरेको काममा प्रतिनिधि सभाका सदस्य माननिय नारायण प्रसाद मरासिनिले क्षेत्र विकासको वजेट वाट १० लाख रानिरह क्रिकेट खेल मैदानको निर्माणको लागी रकम विनियोजित गरेपछि क्रिकेट खेल मैदानको निर्माण कार्यले तिव्रता पाएको हो ।
आँधिखोलाको समिपमा रहेको झण्डै ८ रोपनी सार्वजनिक जग्गा र स्थानीयहरुको ५ रोपनि गरी १३ रोपनी क्षेत्रफलमा वन्ने रानिरह क्रिकेट खेलमैदान जिल्लाकै क्रिकेट एकेडेमी रङ्गशालाको रुपमा स्थापित हुने नगर प्रमुख छायाराम खनालले वताए ।
पछिल्लो समयमा यूवाहरुमा भीरकोट लगायत अन्य छिमेकी पालिकाकाहरुमा क्रिकेट प्रति वढ्दो चाख देखिएकोले क्रिकेट प्रेमी खेलाडीहरुको अधिक माग आएसंगै स्थान निर्कोल गरी भीरकोट नगरपालिका वडा न १ अवस्थीत लामाचौरमा क्रिकेट खेल मैदानको सम्भावना देखे पछि स्थानीय सरोकावालाहरु संग छलफल गरी क्रिकेट खेलमैदानको कामको शुरुवात गरेको वडा न १ का वडा अध्यक्ष एंव नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।
क्रिकेट खेलप्रती अहिलेका यूवा पिडीले वढी चासो अनि मन पराउने भएकाले निर्माण धिन रानिरह क्रिकेट खेलमैदानले राष्ट्रिय देखी अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको उत्पादन गर्ने स्थानीयहरुको भनाई रहेको छ ।
स्याङ्जा जिल्लाकै गौरवको योजनाको रुपमा लिईएको निमार्णधिन क्रिकेट खेलमैदानको अहिले खेलमैदान परिसरमा तटवन्धन र खेलमैदानलाई नगरपालिकाको डोजरले सम्माउने कार्य भैरहेको भन्दै नगर प्रमुख खनालले प्रदेश र संघिय सरकार संग समन्वय र सहकार्य गरी छिटै क्रिकेट खेलमैदानको निर्माण कार्य सम्पन्न गर्ने तर्फ नगरपालिका लागेको वताए ।