• गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जाको चापाकोटमा सरकार बिरुद्ध बिरोध प्रदशन
स्याङ्जा सेरोफेरो

स्याङ्जाको चापाकोटमा सरकार बिरुद्ध बिरोध प्रदशन

  • स्याङ्जा सेरोफेरो सोमवार, बैशाख २९, २०७७ | May 11, 2020

स्याङ्जा : चापाकोटका युवाहरुले प्रधानमन्त्रि केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालको पुत्ला जलाएका छन्। पत्रकार ऋषि धमलासँग नेपाली बहस कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कालापानी र लिपुलेक अहिले पनि नेपाली नक्सामा रहेपनि लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्सामा नरहेको बताए पछी चापाकोटका युवाहरुले सोमबार बिरोध प्रदशन गरेका हुन् ।

नगर परिक्रमा गर्दै युवाहरुले प्रधानमन्त्री केपी ओली र मन्त्री पदमा अर्यालको पुत्ला बनाएर दहन गरेका हुन् । चापाकोट तरुणदल र नेबिसंघले संयुक्त रुपमा बिरोध जूलूस सहित पुत्ला जलाइएकाे तरुण दलका नेता विश्वास पुरीले जानकारी दिनुभयाे ।

लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्न चौतर्फी माग उठिरहेका बेला मन्त्री अर्यालले भने इहितासदेखि नै उक्त क्षेत्र नेपालको नक्सामा नरहेको बताएपछि बिरोध प्रदशन गरिएको पुरीले बताउनु भयो ।

राष्ट्रवादका कुरा गरेर नथाक्ने प्रधानमन्त्री केपी ओलीले नै पटक पटक राष्ट्रघात गरेको भन्दै उनको पनि पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघ चापाकोटका अध्यक्ष महेश डोटेलले बताउनुभयो ।

मन्त्री अर्यालले अन्तर्वार्तालाई अतिरञ्जित पारिएको आरोप लगाएपछि बैठकमै नेताहरुले उक्त अन्तर्वार्ताको अडियो रेकर्ड सुनाएर प्रतिवाद गरेका थिए । आफ्नो देशको भूमि लिम्पियाधुरासहितको नक्सा जारी गर्न महिनौँदेखि खुट्टा कमाउने अनि लिम्पियाधुरा नेपालको नक्सामा इतिहासदेखि नै छैन भन्दै आफैले बोलेका कुरालाई मिडियाले अतिरञ्जित पारेको आरोप लगाउने मन्त्री अर्यालको हर्कत आफैमा हास्यास्पद रहेको भन्दै थप आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु