मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
विचार

एम पि अर्यालका ४ मुक्तक

  • स्याङ्जा सेरोफेरो बुधबार, बैशाख ३१, २०७७ | May 13, 2020

एम पि अर्याल/अर्जुनचौपारी:

१. जब अतिबाद को उदय हुन्छ
के पि हरु को विजय हुन्छ
सिमा नाघेपछी बेथितिले
हेर्दै जानुस एकदिन प्रलय हुन्छ !!

२. सुर्यले सम्झना पठाउछ प्रकाश सँग
बादल ले लुकामारी खेल्छ आकाश सँग
भुगोल ले मायाको डोरी घटिबढी कहाँ हुन्छ र
जसरि फुलको सम्बन्ध हुन्छ सुवाश सँग !!

३.  खुकुरि, अचानो झै नहोस सम्बन्ध
आफ्नो बिरानो झै नहोस सम्बन्ध
मैन होस्, धागो होस जोडिरहने
मुतको न्यानो झै नहोस सम्बन्ध!!

४. बदला लियका छौ बदलियर देखाउ
को छ र बराबर तौलियर देखाउ
आज मलाई भोली तिम्लाई जस्तो नि पर्न सक्छ
आगो पिउ आनी सम्हालियर देखाउ!!

फेसबुक प्रतिक्रियाहरु