बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • दक्षिण कोरियामा स्याङ्जाका एक जनाको मृत्यु
स्याङ्जा सेरोफेरो

दक्षिण कोरियामा स्याङ्जाका एक जनाको मृत्यु

  • स्याङ्जा सेरोफेरो बिहिबार, जेष्ठ १, २०७७ | May 14, 2020
सांकेतिक तस्बिर

सोल : दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । स्याङ्जा बिरुवा गाउँपालिका–५ किचनास चेप्टेका ३३ वर्षीय खड्का बहादुर थापाको सुतेकै अवस्थामा मृत्युभएको स्याङ्जा परिवार दक्षिण कोरियाका पुर्व केन्द्रिय सदस्य सुन्दर सुवेदीले जानकारी दिनुभयो ।

कोरियाको ख्यङ्जु शहर नजिकैको एक कम्पनिमा कार्यरत उनी बैशाख ३० गते बिहान ९ बजेतिर नाइट ड्यूटी सकेर सुतेका थिए । साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनिमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेका थिए । उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

थापा दोश्रो अवधीका लागि कोरिया पुगेका थिए ।

थापाका परिवामा आमा र दुई दाईहरु छन् । उनी अविवाहित थिए ।

शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । मृत्युका बारेमा अनुसन्धानका साथै शवको व्यवस्थापनका बारेमा कुरा भईरहेको स्याङ्जा परिवार दक्षिण कोरियाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु