स्याङ्जा : कोरोना भाइरसको परीक्षणका क्रममा स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा शुक्रबार जिल्ला आएका एक जनामा आरडीटी पोजेटिभ देखिएको छ । यो सगै आरडीटी पोजेटिभ संख्या दुई पुगेको छ ।
भारतको झारखण्डबाट हिडेर महेन्द्र नगर आएका २५ युवा गुल्मीको सत्यवती, कालीगण्डकीका साथीसगँ सवारी साधन लिएर कालिगण्डकी आईपुगेका हुन् । युवामा पहिलो पटक आरडिटी परीक्षण हुदाँ पोजेटिभ देखिएपनि दोस्रो पटक नेगेटिभ देखिएको थियो ।
बिर्घामा गरिएको परीक्षणमा एक पटक पोजेटिभ देखिएकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन लिने तयारि गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयबाट आएको टोलीले स्वाब लिने जन स्वास्थ्य निरिक्षक खड्क बहादुर थापाले जानाकारी दिनुभयो । आरडीटी पोजेटिभ देखिएका युवा सकुसल र कुनै लक्षण नरहेको थापाले बतउनुभयो । पोजेटिभ देखिएका युवा र सगै आएका अन्य दुई जना बिर्घामा रहेको क्वारेन्टाइनमा राखिएको छ ।