शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा पहिलोपटक देखियो २ जनामा कोरोना संक्रमण, गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुग्यो
स्याङ्जा सेरोफेरो

स्याङ्जामा पहिलोपटक देखियो २ जनामा कोरोना संक्रमण, गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुग्यो

  • स्याङ्जा सेरोफेरो मङ्लबार, जेष्ठ १३, २०७७ | May 26, 2020

स्याङ्जाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर वालिङको क्वारेन्टिन बसेका दुई पुरुषलाई संक्रमण देखिएको हो।

उनीहरुको सोमबार पोखरामा स्वाब परीक्षण गरिँदा पोजेटिभ देखिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए। अहिले उनीहरुलाई आइसोलेसन वार्डमा सारिएको प्रजिअ गिरीले जानकारी दिए।

प्रजिअ गिरीका अनुसार संक्रमितहरु वालिङ नगरपालिका–७, निवासी २० र २९ वर्षीय पुरुष रहेकाे र  उनीहरु जिल्ला अस्पताल स्याङ्जाको कोरोना आइसोलेशन कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा छ्न्।

संक्रमितहरु यही जेठ १० गते भारतबाट वालिङ आएका थिए। उनीहरूलाई वालिङ नगरपालिकाको खेलमैदानमा रहेको क्वारेन्टिनमा राखिएको थियो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यी सहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु