No menu items!

स्याङ्जामा युवती बलात्कार आरोपमा एक पक्राउ

स्याङ्जा : युवतीमाथि जवरजस्ती करणी गरेको आरोपमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ३४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

गएको मंसिरको पहिलो साता १९ वर्षीय युवतीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा पुरुषलाइ प्रहरी टोलिले उनकै घर स्याङ्जाको अर्जुनचौपारीबाट पक्राउ गरेको हो।

Advertisements

पक्राउ परेका पुरुषलाइ जिल्ला अदालत स्याङजाले मंगलबार म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

पीडित भनिएकी युवतीले आफू गर्भवती भएको दावीसहित जाहेरी दिएपछि ति पुरुष पक्राउ परेका हुन्।

Latest News