No menu items!

स्याङ्जा कारागारबाट दुई कैदी बन्दी रिहा

स्याङ्जा । गणतन्त्र दिवसका अवसरमा स्याङ्जामा दुईजना कैदीबन्दी रिहा भएका छन् ।

सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै स्याङ्जाका दुई कैदी बन्दी रिहा भएका हुन् ।

फेदिखोला गाउँपालिकाका खडानन्दी सुवेदी र चापाकोट नगरपालिकाका डीलबहादुर थापा बिहीबार कारागारबाट छुटेका हुन् ।

Advertisements

स्याङ्जा कारागारबाट रिहा हुने सुवेदीले जुवातास सम्बन्धी मुद्धामा झण्डैं १० महिना र थापाले कर्तव्य ज्यान मुद्धा सम्बन्धमा ५ वर्ष कैद सजाए भोगिसकेका छन् ।

उनीहरु ५० प्रतिशत सजाए माफ पाएर छुटेका हुन् ।

Latest News