स्याङ्जा : भीरकोट नगरपालिकाले चालू शैक्षिक सत्रमा विद्यार्थीलाई पाठ्यपुस्तक बितरण गर्ने तयारी गरेको छ । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई भीरकोट नगरपालिकाले पुस्तक बितरण गर्न लागेको हो ।
गएको जेठ ९ गते नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु सँगको बैठकले पुस्तक बितरण गर्ने निर्णय गरेको हो ।निर्णय गरे अनुरुप जनक शिक्षा सामाग्री केन्द्र पोखरा सँग समन्वय गरी भी'रकोट नगरपालीका सम्म पुस्तक ल्याउने काम सम्पन्न भएको छ ।
अबको केही दिनमा स्कूल वा पुस्तकपसल मार्फत हरेक विद्यार्थीको हात हातमा पाठ्यपुस्तक उपलब्ध गराइने छ ।