मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • भीरकोटमा आईपिएम कृषक पाठशाला तालिम सकियो
भीरकोट नगरपालिका

भीरकोटमा आईपिएम कृषक पाठशाला तालिम सकियो

  • स्याङ्जा सेरोफेरो शुक्रबार, जेष्ठ १६, २०७७ | May 29, 2020

स्याङ्जा : भीरकोट नगरपालिका ३ मा संचालित आई.पि.एम कृषक पाठशालाको कार्यक्रम सम्पन्न गरिएको छ । वडा नम्वर ३ लाई पूर्ण आई.पि.एम युक्त वडा वनाउने लक्ष्यका साथ आयोजित तालिमको एक कार्यक्रमकाबीच नगर प्रमुख छाँयाराम खनालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

विषादी रहित आधुनिक तरिकाबाट बाली उत्पादन गर्ने तरिकाको बारेमा तालिम दिने उद्देश्यले भीरकोट नगरपालिका र कृषि ज्ञान केन्द्र स्याङ्जाको आयोजनामा आई.पि.एम कृषक पाठशालाको उक्त कार्यक्रम गरिएको हो ।

मुख्यतया उक्त कार्यक्रम कृषि उपजको उत्पादन र ब्यबसायिक रुपमा कृषि कसरी गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमा संचालन गरिएको हो । कार्यक्रमको समापन गर्दै नगरप्रमुख छायाराम खनालले माटो सुहाउँदो कृषि खेति गर्नुपर्ने भन्दै नगरपालिका एक घर एक करेसा बारीको अभियानमा लागिपरेको बताउनुभयो । कृषकका कृषि उपज बजारी करणको जिम्मा नगरपालिकाको रहेको र विउविजन, औजार अनुदानमा वितरण गरिएको उहाले बताउनुभयो ।

५० जना कृषक सहभागी सो तालिममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेल, वडा अध्यक्ष बाबुराम श्रेष्ठ, कृषिप्रसार अधिकृत ईश्वरीप्रसाद अर्याल, प्रशिक्षक ढाँसीराम अर्याल, विष्णुप्रसाद काफ्ले, डम्मरबहादुर मल्ल लगायतले सहजीकरण गर्नुभएको थियो ।

पाठशालाका अध्यक्ष लोकबहादुर खत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राधा केसी खड्काले सञ्चालन र थमनबहादुर कार्कीले स्वागत गर्नुभएको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु