मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जाका ११ स्थानीय तहलाई ३ अर्ब ९४ करोड बजेट
स्याङ्जा सेरोफेरो

स्याङ्जाका ११ स्थानीय तहलाई ३ अर्ब ९४ करोड बजेट

  • स्याङ्जा सेरोफेरो शनिबार, जेष्ठ १७, २०७७ | May 30, 2020

स्याङ्जा : स्याङ्जाका ११ स्थानीय तहलाई ३ अर्ब ९४ करोड २२ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय सरकारले बिहीबार सार्वजनिक गरेको बजेटमा गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा ५ नगरपालिका र ६ गाँउपालिका गरी ११ स्थानीय तहलाई ३ अर्ब ९४ करोड २२ लाख बजेट छुट्याइएको हो ।

नगरपालिका तर्फ वालिङ नगरपालिकाले ५७ करोड १६ लाख, पुतलीबजार नगरपालिकाले ५० करोड ४५ लाख, गल्याङ नगरपालिकाले ४९ करोड ७० लाख, चापाकोट नगरपालिकाले ३७ करोड ९८ लाख र भिरकोट नगरपालिकाले ३५ करोड २३ लाख रुपैयाँ पाउने भएका छन् ।

गाँउपालिकातर्फ कालिगण्डकी गाउँपालिकाले ३२ करोड ३७ लाख, आँधीखोला गाउँपालिकाले ३१ करोड ४ लाख, विरुवा गाउँपालिकाले २८ करोड ४५ लाख, अर्जुनचौपारी गाउँपालिकाले २४ करोड ४८ लाख, फेदिखोला गाउँपालिकाले २४ करोड ३४ लाख र हरिनास गाउँपालिकाले २२ करोड ७२ लाख रुपैयाँ पाउने भएका हुन् ।

यो रकम समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरि एक मुष्ट रकम हो ।

फेसबुक प्रतिक्रियाहरु