बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटमा मास्कमा कालोबजारी ! मूल्यमा मनपरी
स्याङ्जा सेरोफेरो

भीरकोटमा मास्कमा कालोबजारी ! मूल्यमा मनपरी

  • स्याङ्जा सेरोफेरो सोमवार, जेष्ठ १९, २०७७ | June 1, 2020

स्याङ्जा : मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला मास्कमा कालोबजारी बढिरहेको छ । नेपालमा कोरोनाको त्रासदीलाई कमाउने मौकाको रुपमा समेत व्यापारीहरुले अपनाइ रहेको पाइएको छ ।

अहिले स्याङ्जा भीरकोटका बजारमा मास्क (मुखावरण) महँगो मूल्य लिएर बेच्ने काम भइरहेको सर्वसाधरण बताउँछन् । भीरकोटमा कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्कमा कालोबजारी सुरु भएको हो ।

केही समयअघि २००-२५० रुपैयाँमा किन्दै आएको ‘एन नाइन्टी फाइभ’ मास्क अहिले ६०० रुपैयाँमा किन्नुपर्ने भीरकोटका केहि सर्वसाधरणले स्याङ्जा सेरोफेरोलाइ  बताए ।

यस अघि मेडिकलमा पाउँदै आएको सर्जिकल मास्कसमेत पाउन उपभोक्तालाई समस्या भएको छ । देशका विभिन्न स्थानमा मास्क पाउन छाडेको छ ।

नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ । तर चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि बजारमा अनुगमन तीव्र बनाएको र लुकाउने तथा बढी मूल्यमा कारोबार गर्नेलाई कारबाही थालिएको जनाए पनि भीरकोटका बजारहरुमा अनुगमन गरेको पाईएको छैन ।

फेसबुक प्रतिक्रियाहरु