मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा कुखुरा खान गएको चितुवा कुखुरा खोरमा थुनियो
स्याङ्जा सेरोफेरो

स्याङ्जामा कुखुरा खान गएको चितुवा कुखुरा खोरमा थुनियो

  • स्याङ्जा सेरोफेरो आइतवार, जेष्ठ २५, २०७७ | June 7, 2020
तस्बिर: आँधीखोला खवर

स्याङ्जा : शुक्रवार राति स्याङ्जामा एउटा चितुवा कुखुराको खोरभित्र देखा पर्‍यो ।

कुखुरा कराए । कुखुरा धनि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ४ राम्चेका रमाकान्त चापागाईं कुखुरा किन कराए हेर्न गए । उनि लगायत परिवारका सदस्य खोरमा न्याउरी मुसा पस्यो होला भन्दै हेर्न गए । कुखुराको खोरको ढोका खुला रहेछ । चापागाईं लगायत उनका परिवारले खोरमा चितुवा देखे । खोरको ढोका लगाएर उनीहरुले जिल्ला वन कार्यालयमा खबर गरे ।

राती नै चितुवा खोरमा रहेको जानकारी पाएको बन कार्यालयले शनिवार चितुवालाई नियन्त्रणमा लिईएको हो ।

कार्यालयबाट लगिएको फलामको खोरमा हाली चितुवा सुरक्षित तरिकाले राखिएको, चितुवा नियन्त्रण गर्न खोज्दा चापागाईंकका छोराको खुट्टा समेत भाचिएको र चितुवाले खोरमा रहेको एउटा कुखुरा खाइसकेको र अर्कोलाइ मारेर छोडेको डिभिजन बन कार्यालय,अर्जुनचौपारीका अधिकृत राजेन्द्र शर्माले बताउनु भयो ।

पोथी चितुवा सिकारकै खोजीमा खोर पसेर थुनिएको उहाको भनाइ छ । कुखुराको खोर नजिकै जंगल छ । सो चितुवा जिल्ला बन कार्यालयको खोरमा राखीएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु