बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • विश्वमा कोरोना महामारी : मृत्यु हुनेको संख्या चार लाख नाघ्यो
बिश्वो

विश्वमा कोरोना महामारी : मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

  • स्याङ्जा सेरोफेरो आइतवार, जेष्ठ २५, २०७७ | June 7, 2020

काठमाडौँ : विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चार लाख एक हजार ९६४ पुगेको छ । शनिबार कोरोनाभाइरस संक्रमणबाट विश्वमा चार हजार १७७ जनाको मृत्यु भएको छ । यो संख्या शुक्रबार र बिहीबारको तुलनामा कम हो । शुक्रबार चार हजार ९०६ र बिहीबार पाँच हजार ५१२ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट १७ अप्रिलमा विश्वभर सबैभन्दा बढी आठ हजार आज हजार ४३५ जनाको मृत्यु भएको थियो । त्यस यता मृत्यु हुनेको संख्या उतारचढाव भइरहे पनि औषतमा घट्दै गएको छ ।

तर, संक्रमित हुनेको संख्या भने निरन्तर बढिरहेको छ । शनिबार विश्वमा एक लाख २६ हजार ७१५ जना नयाँ संक्रमित फेला परे । गत बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख ३० हजार ५११ जना र शुक्रबार एक लाख ३० हजार ४८९ नयाँ संक्रमित फेला परेका थिए ।

विश्वमा ३४ लाख १० हजार ९९४ संक्रमित निको भइसकेका छन् । अहिले ३१ लाख चार हजार ८५ संक्रमित उपचाररत छन् । तीमध्ये दुई प्रतिशत अर्थात ५३ हजार ५८७ जना गम्भीर छन् ।

 

फेसबुक प्रतिक्रियाहरु