मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या २० लाख नाघेकाे छ 
बिश्वो

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या २० लाख नाघेकाे छ 

  • चन्दन केसी सोमवार, जेष्ठ २६, २०७७ | June 8, 2020

काठमाडौं : विभिन्न तथ्यांक निकाल्ने संस्थाको अनुसार अमेरिकामा साेमबार बिहानसम्म कुल संक्रमित संख्या २० लाख ७ हजार ४४९ पुगेकाे छ । आइतबार एकै दिन मात्र त्यहाँ १८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएकाे छ । याे अघिल्ला दिनहरूकाे तुलनामा कमै हाे ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस कमजाेर हुँदै गएकाे देखिएकाे छ । त्यहाँ संक्रमितहरू निकाे हुने दर बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा ७ लाख ६१ हजार ७०८ जना पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ १० हजार मानिस निकाे भएका छन् ।

यद्यपि अझै ११ लाख ३३ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

तर अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख १२ हजार ४६९ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । अाइतबार त्यहा ३७३ जनाकाे मृत्यु भएकाे छ ।

याे संख्या अमेरिकामा काेराेनाका कारण दैनिक मृत्यु हुनेमा गत मार्च २७ यताकै कम हाे । मृत्युदर घट्नु र निकाे हुने दर बढ्नुले त्यहाँ भाइरस कमजाेर भइरहेकाे जनाउँछ ।

उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । ब्राजिलमा पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् । तर आइतबार भने त्यहाँ संक्रमित संख्या अघिल्ला दिनहरूकाे तुलनामा कम देखिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु