मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
बिश्वो

कोरोना झन खतरनाक हुदै : डब्लुएचओ

  • स्याङ्जा सेरोफेरो मङ्लबार, जेष्ठ २७, २०७७ | June 9, 2020
तस्बिर: बिबिसी

काठमाडौँ : अहिले संसारभरको धेरै देशमा कोरोना संक्रमितको संख्यामा कमि आइरहेको छ । सोहि बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको बताउदै चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् । उनले पत्रकारसँगको कुराकानीका क्रममा पछिल्ला १० दिनमध्ये ९ दिनमा दैनिक रुपमा १ लाखभन्दा बढी संक्रमित भेटिएको बताएका छन् ।

उनले यसमध्ये ७५ प्रतिशत संक्रमण १० देशमा मात्रै रहेको बताए । यसरी अत्यधिक संक्रमित भेटिएका १० देशमा अमेरिकी र एसियाली देश नै रहेका छन् ।

टेड्रोसले कतिपय देशमा सकारात्मक संकेत देखिएको समेत बताएका छन् । उनले अलग अलग अध्ययनअनुसार अहिले पनि वैश्विक स्तरमा अझै पनि ठूलो जनसंख्या कोरोना भाइरसका कारण अति संवेदनशील अवस्थामा रहेको बताएका छन् । - एजेन्सी

फेसबुक प्रतिक्रियाहरु