स्याङ्जा सेरोफेरो, भीरकोट:
भीरकोटको बयरघारी बजार बाट स्वोरेक तर्फ जादै गरेको ग २ च २३७३ नम्बरको जिप भीरकोट ५ नेटामा दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृयु भएको छ भने तिन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोही स्थानका १६ वर्षीय एकको मृत्यु भएको छ ।
घाइते तिन जनालाइ कालिका सामुदायिक अस्पताल हेलूको रिफरमा थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको दहथुम प्रहरी कार्यलयका ट्राफिक अनिल अर्यालले जानकारी दिनुभयो ।