शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
विचार

मेरो गाउँ, मेरो देश

  • स्याङ्जा सेरोफेरो शनिबार, जेष्ठ ३१, २०७७ | June 13, 2020

उहिले उहिले मेरो गाउँमा

गह्रौ सुरका देवी देवताको पुजा हुन्थ्यो

ठुली भन्ज्याङ र सानीभन्ज्याङमा

पाटीपैवा खडा हुन्थ्यो

मर्दापर्दा एकताकै काँध हुन्थ्यो

अहिले त मेरो गाउँमा

दलीय अखेडा छ

सहरतिर अभिनेताहरुको बखेडा छ

त्यसैले त मेरो गाउँमा अहिले

न देवी देवताको भाक्कल छ

न पाटी पौवाको अक्कल छ

न त एकताको काँध छ

अहिले त खण्ड विखण्डको माग छ

एसिया महादेशको मेरो देश

विद्वान अज्ञानिको शेष छ

जनता छैनन् यहाँ नेतैनेताको अवशेष छ

विचारको यहाँ बिनाश छ

विकासको यँहा अवकाश छ

सिप र सृजनाकाको सोक छ

अभावले त्यसमा रोक छ

त्यसैले त विदेश पलाएनको भोक छ

मेरो देशका सडकहरु

वर्षा याममा अलकत्र

हिउदमा अलपत्र

बजेट बरफ भएर डामाडोल छ

पकेट अरब भएर मालामाल छ

उर्वरभूमिमा ऐझरु अभ्यस्त छ ।

मेरो देशमा

विदेशी गिद्देहरु यन्त्र हुन्

वक्तव्यमा विनासको मन्त्र

वगलिमा विकासको संयन्त्र

विगत हेर्नुहोस

यिनीहरु नै वाचालक षड्यंत्र हुन्

निमेष - निमेष ठेस लाग्दा

नत ठेस लाग्ने आधारको ख्याल छ

संधै संधै आधारमूत बेहाल छ

एसिया महादेशको मेरो देश

विद्वान अज्ञानिको शेष छ

जनता छैनन् यहाँ नेतैनेताको अवशेष छ ।।

फेसबुक प्रतिक्रियाहरु