बिहिबार, साउन २२, २०७७ | Thursday 6th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • नयाँ नक्सा पारित भएको खुशीयालीमा स्याङ्जामा दीप प्रज्ज्वलन
स्याङ्जा सेरोफेरो

नयाँ नक्सा पारित भएको खुशीयालीमा स्याङ्जामा दीप प्रज्ज्वलन

  • स्याङ्जा सेरोफेरो शनिबार, जेष्ठ ३१, २०७७ | June 13, 2020

स्याङ्जा : संसदबाट सर्वसम्मत नेपालको नयाँ नक्सा अनुमोदन भएको खुसीयालीमा स्याङ्जामा दीप प्रज्ज्वलन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताउदै दीप प्रज्ज्वलन गरिएको हो ।

जिल्ला सदरमुकामस्थित शहदि चोकमा दिपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सूर्यप्रसाद गैह्रे पारले जानकारी दिनुभयो । यसैगरी वालिङ उद्योग वाणिज्य सङ्घले पनि दिपावली गरेको छ ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो, भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

तस्बिर : बोध राज पंगेनी

फेसबुक प्रतिक्रियाहरु