मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • कोरोना संक्रमित बढेपछि बेइजिङका उडान र रेलसेवा फेरि रद्द
बिश्वो

कोरोना संक्रमित बढेपछि बेइजिङका उडान र रेलसेवा फेरि रद्द

  • स्याङ्जा सेरोफेरो बुधबार, असार ३, २०७७ | June 17, 2020

काठमाडौँ : चीनले राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्ध उच्च सतर्कता अपनाउन लागेको छ ।  उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका २ ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएको हो ।

अधिकारीहरूले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।

बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ ।

टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ। बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीलाई भने कलेजमै फिर्ता गरिएको छ ।

बेइजिङ्का सार्वजनिक स्थलहरूमा आवतजावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु