शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रवास
  • अस्ट्रेलिया : अनलाइनबाट हजारौं डलर ठगि गरेको अभियोगमा दुई नेपाली पक्राउ
प्रवास

अस्ट्रेलिया : अनलाइनबाट हजारौं डलर ठगि गरेको अभियोगमा दुई नेपाली पक्राउ

  • स्याङ्जा सेरोफेरो शुक्रबार, असार १२, २०७७ | June 26, 2020

काठमाडौँ : अस्ट्रेलियाको पश्चिमि सिड्नीमा अनलाइनबाट हजारौं डलर ठगि गरेको अभियोगमा दुई नेपालीलाई पक्राउ गरिएको छ । प्रहरीले सोमबार ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा २२ वर्षीय एक महिला र १९ वर्षे एक पुरुषलाइ पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई सोमबार स्थानीय समयअनुसार साढे ४ बजे पश्चिम सिड्नीको टेलोपीस्थित निवासबाटै पक्राउ गरेको हो । उनीहरुलाई ग्रानभिले पुलिस स्टेसनमा राखिएको छ ।

उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ । ठगी गर्ने दुवैलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको छ । उनीहरुलाई अदालतले जमानतमा नछाडेको बताइएको छ ।

वृद्धा महिलाई टेलिफोन गरी आफूलाई बैंकको प्रतिनिधि बताउँदै बैंक खातामा समस्या आएको भन्दै उनीहरुले पैसा ठगी गरेको आरोप लागेको छ । नयाँ अकाउन्ट खोल्नुपर्ने भन्दै उनीहरुले डिपोजिटका लागि ३ हजार डलर र पछि ५ हजार डलर मागेका थिए ।

फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि ३ हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए । उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए । पछि शंका लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिइन् ।

फेरि सोही समूहले ५ हजार डलर मागेको र सोमबार बेलुका पैसा लिन जाने क्रममा प्रहरीले उनीहरुलाई प्रकाउ गरेको थियो ।

प्रहरीका अनुसार गत जुन १९मा एक ८५ वर्षीया महिलाले आफू ठगीमा परेको लिखित उजुरी गरेकी थिइन् । त्यसलगत्तै प्रहरीले अनुसन्धान थालेको र ठग्ने गिरोहसम्म पुगेको जनाएको छ ।

प्रहरीको प्रारम्भिक वयानअनुसार उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न देखिएको र यसैगरी बैंक खाता खोल्न लगाइ ठग्ने काममा लागेको पाइएको छ । यी दुईले अन्य कयौंलाई पनि फोन गरेर बैंक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी बनि ठगी गरेको खुलेको छ ।

फेसबुक प्रतिक्रियाहरु