मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • फिचर न्युज
  • आज असार १५ अर्थात् दही चिउरा र धान दिवस
फिचर न्युज

आज असार १५ अर्थात् दही चिउरा र धान दिवस

  • स्याङ्जा सेरोफेरो सोमवार, असार १५, २०७७ | June 29, 2020

स्याङ्जा : आज देशभर दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ ।

मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ ।

किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।

वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने उनी बताउँछन् ।

सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।

फेसबुक प्रतिक्रियाहरु