शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रदेश
  • सलह नियन्त्रण गर्न ढ्याङ्ग्रो ठटाए, राँको बाले, विषादी हाले
प्रदेश

सलह नियन्त्रण गर्न ढ्याङ्ग्रो ठटाए, राँको बाले, विषादी हाले

  • स्याङ्जा सेरोफेरो सोमवार, असार १५, २०७७ | June 29, 2020

मकवानपुर : कृषि बालीमा क्षति पुर्‍याउने सलह नियन्त्रण गर्न मकवानपुरको गढी गाउँपालिका वडा नम्बर ७ का बासिन्दाले ढ्याङ्ग्रो ठटाएका थिए । दोस्रो दिन उनीहरूले मकै बालीमा विषादी छरे भने सोमबार राँको बालेर हिँडे ।

त्यस लगतै त्यहा सलहको प्रकोप कम देखिएको छ । त्यहाको सलह उडेर अन्तै गएको अनुमान गरिएको छ ।

पहिलो दिन त्यहा करिब १० लाखको संख्यामा सलह रहेको बताइएको छ । सलहले उक्त वडाको झन्डै १० प्रतिशत मकैबालीमा क्षति पुर्याएको छ ।  यसले मकैको पात र घोगाको टुप्पो खाइदिएको स्थानीयहरुले बताए ।

७ नम्बर वडाबाट सुरू भएको सलह प्रकोप सोमबारसम्म १, ५, २ र ८ नम्बर वडामा फैलिएको छ । गाउँपालिकाले सलह संकलन गर्नेलाई प्रतिकिलो सय रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु