मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • प्रदेश
  • समृद्धिको आधार कृषि : हिलाम्मे ट्याक्टरमा मुख्यमन्त्री !
प्रदेश

समृद्धिको आधार कृषि : हिलाम्मे ट्याक्टरमा मुख्यमन्त्री !

  • स्याङ्जा सेरोफेरो सोमवार, असार १५, २०७७ | June 29, 2020

अर्जुन काफ्ले, स्याङ्जा : गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले समृद्धिको आधार कृषि भएको बताउनु भएको छ । गण्डकी प्रदेश स्तरिय १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब २०७७ एवं गोठिङ फाट चक्लाबन्दी उद्घाटन कार्यक्रममा सोमबार अब सरकारले कृषिबाट समृद्धिको लागि योजना बनाउनुपर्ने बताउनुभयो ।

अरुले दिएकोले समृद्धि नहुने बताउदै मुख्य मन्त्री गुरुङले आफनै पखुराले मात्र समृद्धि ल्याउन सक्ने बताउनुभयो । गण्डकी प्रदेश प्रकृतिको टुक्रा भएको बताउदै मुख्य मन्त्री गुरुङले जल, जंगल, माटो र खानीको उत्पादन, उत्खनन र उपयोग गर्न सकेमा सफलता प्राप्त हुने बताउनुभयो ।

प्रदेशमा ६४ प्रतिशत कृषिमा आत्मनिर्भर रहेको बताउदै मुख्य मन्त्री गुरुङले पाचँ बर्षमा गण्डकी प्रदेश खाध्यान्नमा सुरक्षित हुने बताउनुभयो । प्रबिधिको प्रयोग नगरी मानबिय हातले भोको पेट भर्न नसक्ने बताउदै मुख्य मन्त्री गुरुङले पेट बढ्दा माटो घट्दै गएकाले यान्त्रीकरण अहिलेको खाँचो रहेको बताउनुभयो ।

जिल्ला बासीको चामलको मागमा १२ हजार मेट कमि रहेकोबताउदै खाँचोलाई पुर्ति गर्न ब्यवसायीक धान खेती गर्नुपर्ने बताउनुभयो । यस आर्थिक बर्षमा एक हजार ८०० हेक्टरमा चक्लाबन्दी धान खेती गरिएको बताउदै मुख्य मन्त्री गुरुङले अर्को बर्ष तिन हजार पु¥याउने प्रदेशको लक्ष्य रहेको बताउनुभयो ।

सिचाई र मलखाद नहुदाँ धान उत्पादन नभएको बताउदै मुख्य मन्त्री गुरुङले धान उत्पादन बढ्दा आर्थिक बृद्धि दर बढ्ने बताउनुभयो । २÷३ बाली नलगाए चक्लाबन्दीको कुनै औचित्य नरहेको बताउदै मुख्य मन्त्री गुरुङले धान नै जिवन भएको बताउनुभयो ।

अहिले कोरोनाका कारण जनता समस्यामा रहेको बताउदै मुख्य मन्त्री गुरुङले कोरोनाका कारण समस्या रहेकालाई सहयोग गर्ने बताउनुभयो । कार्यक्रमा गण्डकी प्रदेशका कृषि मन्त्रालयका सचिब अच्युतराज ढकाल, कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी, वडा अध्यक्ष ओम खड्का लगायतले मन्तब्य राख्नु भएको थियो ।

सरकारको चक्लाबन्दी गर्ने उदेश्य अनुरुप पुतलीबजार नगरपालिका ४ मा गोठिङ चक्लाबन्दी गरिएको हो । एक सय १० जना स्थानियको ३१० रोपनी क्षेत्रफलमा धान खेती गर्न लागिएको हो । उत्पादनमा बृद्धि गर्ने उदेश्यले गाउँले मिलेर चक्लाबन्दी सुरु गरेको बताउदै जग्गा धनी छबिलाल पोखरेलले लाजपुर्जा समितिलाई बुझाएको र उत्पादन अनुसार धान लिने बताउनुभयो ।

राम्रो सगँ उत्पादन हुन करिब १० बर्ष लाग्ने बताउदै पोखरेलले अहिले परेको खाटा पछि पुर्ति हुनेमा ढुक्क रहेको बताउनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु