४५ वर्षीय एक जापानी नागरिक विश्वकै पहिलो निन्जा अध्ययनमा मास्टर डिग्री हासिल गर्न सफल भएको छ । उनले स्नातक अध्ययन मार्सल आर्टमा पुरा गरी निन्जामा मास्टर्स गरेका छन् ।
उनले सन् २०१८ देखि दूई वर्षसम्म मि विश्वविद्यालयमा सामन्ती जापानको राहस्यमय निन्जाको इतिहास, परम्परा र लडाईको प्रविधिलाई अध्ययन गरेको बताइएको छ । १४ औँ शताब्दीको प्रभावकारी मानिएको निन्जाको प्रविधिहरुलाई र उच्च सीपलाई अध्ययन गरेका छन् ।
उनी निन्जा प्रविधि र उनीहरुको जीवाशैलीलाई बुझ्न जापानको राजधानीमा रहको पहाडी भूभाग इगा भन्ने क्षेत्रमा बसोवास गरिरहेका छन् । - एजेन्सी