एजेन्सी : भारतमा १८ वर्षीया टिकटक स्टारले आत्महत्या गरेकी छिन् । दिल्ली विश्वविद्यालयमा अध्ययनरत उनि निकै चर्चित टिकटक स्टारको रुपमा रहेकी थिइन् ।
उनी डिप्रसनकी विरामी रहेको रिपोर्टले जनाएको छ । प्रहरीले युवतीद्वारा लेखिएको सुसाइड नोट समेत फेला पारेका छन् ।
भारतीय सरकारले केही दिन अघि चिनियाँ टिकटक लगायत अन्य ५९ वटा एप्समा प्रतिबन्ध लगाएपछि १८ वर्षीया युवतीको भविष्य अन्धकार भएको कारण उनले ठूलो कदम चालेको जनाइएको छ ।