टोकियो : जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।
जापानको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो ।
जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।
बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत, खानेपानी, सडक लगायतका सञ्जाल तोडिएको छ ।
घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।