No menu items!

आज १ हजार बढी नेपाली स्वोदेश फर्किए

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।

आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ ।

जजिरा एयरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौँ ल्याएको छ । कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Latest News