मङ्लबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • को हुन् नेपाल प्रहरीका २८ औं आईजीपी शैलेश थापा?
समाचार

को हुन् नेपाल प्रहरीका २८ औं आईजीपी शैलेश थापा?

  • स्याङ्जा सेरोफेरो बुधबार, असार २४, २०७७ | July 8, 2020

काठमाडौं : नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । सरकारले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

वि.सं. २०२५ साल मंसिर २३ गते भक्तपुर सुर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा जन्मिनुभएका थापाले २०४९ वैशाक १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो ।

थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । नेपाल कर्मश क्याम्पस मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले त्रिभुवन विश्वविद्यालयबाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ ।

थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिनुभएको थियो । संगठनको कामको शिलसिलामा थापाले २२ वटा भन्दा बढी देशमा सहभागी हुनुभएको थियो ।

पुस्तक अध्यन गर्न रुची राख्ने थापाले फुर्सदको समय आर्दश व्यक्तिहरुको संघर्ष र सफलताको कथा पढने गरेको बताउनुहुन्छ । पुस्तक पढ्दा अपठ्यारो परिस्थिमा निर्णय लिन सजिलो हुन्छ, भाषामाथिको पकड बढछ’,उहाँले भन्नुभयो,‘आर्दश व्यक्तिको जीवनी पढदा अपठ्यारोमा बाटो पहिल्याउन सजिलो हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु