मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार १२९ पुग्यो
स्वास्थ्य

गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार १२९ पुग्यो

  • स्याङ्जा सेरोफेरो बुधबार, असार २४, २०७७ | July 8, 2020

पोखरा : गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् ।

यस्तै कास्कीकै मादी गाउँपालिकामा पनि तीन जना कोरोना संक्रमण फेला परेको छ । उनीहरुमध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १२९ पुगेको छ । बुधबार बिहान मात्रै गण्डकी प्रदेशका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु