मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वर्षा सँगै बढेको आँधिखोला (तस्बिर सहित)
स्याङ्जा सेरोफेरो

वर्षा सँगै बढेको आँधिखोला (तस्बिर सहित)

  • स्याङ्जा सेरोफेरो शुक्रबार, असार २६, २०७७ | July 10, 2020

स्याङ्जा : निरन्तरको वर्षासँगै आएको बाढीका कारण आँधिखोलामा पानीको बहाव उच्च भएको छ । यो संगै आँधिखोला आसपास रहेका घरहरु उच्च जोखिममा रहेकोले सबैलाइ सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

पानीको बहाव बढेर खतरा नजिक पुगेपछि सजग हुन आग्रह गरिएको छ । शुक्रबार बिहान पानीको बहाव बढेर खतरा बढेको हो ।

पानीको बहाव बढ्दै गए आँधिखोला आसपास रहेका घरहरु र बालीनालीमा असर पर्ने अनुमान गरिएको छ । साथै, पहिरोको पनि उच्च जोखिम रहेको छ ।

मनसुनको सक्रियता पछी देशभरका बिभिन्न ठाउमा मौसम बदलि सहित भारी वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै छिमेकी जिल्ला कास्कीमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् ।

पोखराको सराङकोट, हेम्जा र पैतेडाँडामा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु