मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जा पहिरो अपडेट : कहा कति क्षती भए (विवरण सहित)
स्याङ्जा सेरोफेरो

स्याङ्जा पहिरो अपडेट : कहा कति क्षती भए (विवरण सहित)

  • स्याङ्जा सेरोफेरो सोमवार, असार २९, २०७७ | July 13, 2020

स्याङ्जामा आइतवार राति साढे ९ बजे पछिको वर्षाका कारण लाखौको क्षती भएको छ । स्याङ्जामा हाल सम्म मानविय क्षती भने भएको छैन ।

पुतलीबजार नगरपालिका १ घुम्ती नजीकै पहिरो खस्दा कुना पट्टी रहेको एक वर्कसप पहिरोले बगाएको छ भने सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । पहिरो खसेको सडकको छेउमा रहेका घरका बुद्धिराम नेपाली सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

घाईते नेपालीको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ६९ वर्षका नेपाली बोल्न नसकेको प्रहरीले जानकारी दिएको छ । सोही पहिरोले ग्यारेजमा रहेका दर्जनौ मोटरसाईकल पुरेको छ ।

पहिरोले अर्जुनचौपारी ६ बोडीखोला स्थित ईन्द्र प्रसाद पंगेनीको टिनले छाएको ढुङ्गा माटोले बनेको गोठ पुरिदा १ भैसी, १ गोरु, ३ बाख्राको मरेको छ । करिब छ लाख असी हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। साथै नजिकै रहेको ईन्द्र प्रसाद पंगेनीको घर र ऐ.ऐ. बस्ने बर्ष ३२ को मेघ प्रसाद पंगेनीको घर जोखिममा रहेको छ ।

हरिनास गाउँपालिका ४ चित्रमा लद्रबहादुर रानाको घर र गोठ पुरीदा भैसी र पाडो मरेको छ । ढुंगा र माटोले बनेको गोठबाट २ वटा गोरु र ४ वटा बाख्राको उद्दार गरिएको छ ।

पहिरोका कारण भिरकोट नगरपालिका १ हेलु स्थीत सिद्धार्थ राजमार्ग अबरुद्ध बनेको छ । पहिरो हटाईए पनि पटक पटक पहिरो खस्दाँ अवरुद्ध भएको हो ।

पुतलीबजार नगरपालिका  १ स्थित गण्डकी यातायातको कार्यालय अगाडी र ऐ १ बर्जा स्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।  गण्डकी यातायात कार्यालय अगाडीको बाटो एकतर्फी सुचारू रहेको र ५ वटा घरहरू जोखिममा रहेको छ ।  ४० जना व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानतरण गर्ने प्रकृयामा रहेको प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पुतलीबजार १ ट्राफिक चोक स्थित सिद्धार्थ राजमार्गको छेउमा रहेको सार्वजनिक शौचालयको तल बाट पहिरो झरी शौचालय जोखिममा रहेको छ । सोही पहिरोले त्रिभुवान आदर्श बहुमुखी क्याम्पसको ४ वटा कोठाको सिसा फुटेको छ । ४ वटा कम्प्युटरमा समेत क्षति पुगेको छ ।

विरुवा गाउँपालिका ८ मोचाबारी बस्ने तुल वहादुर गुरुङको ढुङगा मोटोले बनेको २ तले कच्चि घर भत्किएको छ । परिवार स्थानतरण गर्ने वारेमा छलफल भै रहेको छ ।

विरुवा गाउँपालिका ६ चिन्नेवास बस्ने वर्ष ३० की अस्मिता वि.कले पालेको ३२० वटा कुखुरा रहेको फर्ममा पानीको भल पसी पुरिएको छ । ३२० कुखुरामा मात्र १५/२० वटा कुखुरा बाचेको छ ।

फेसबुक प्रतिक्रियाहरु