मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • कालीगण्डकी गाउँपालिका
  • स्याङ्जा पहिरो अपडेट : तिन जनाको मृत्यु, एक जना बेपता
कालीगण्डकी गाउँपालिका

स्याङ्जा पहिरो अपडेट : तिन जनाको मृत्यु, एक जना बेपता

  • स्याङ्जा सेरोफेरो मङ्लबार, असार ३०, २०७७ | July 14, 2020

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ स्थीत खहरेमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । एक जना अझै बेपत्ता छन् भने दुइ जना घाइते भएका छन् ।

पहिरोबाट मृत्यु हुनेमा ६५ वर्षीय इमान सिंह राना, ५० वर्षीय टीका बहादुर थापा र ६० वर्षीय जीमान सिंह थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोबाट घाइते भएका रानाको उपचारकाे क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको हो भने अन्य २ जनाको पहिरोमा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सोही पहिरोमा परि बेपत्ता हुनेमा ६० वर्षीय प्रेम चन्द्र पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए । पाण्डे वडा ४ का वडा सदस्य हुन् ।

पहिरोले वडा सदस्य ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर राना घाइते भएका छन । पहिरोले पुरेर घाइते दुबैको अवस्था गम्भीर रहेको छ भने घाइते दुबै जनालाई मिसन अस्पताल पाल्पामा भर्ना गरिएको छ । पहिरोमा वडा ४ खहरेका ६८ वर्षीय हुमनाथ पाण्डे र वर्ष ५५ का वीरबहादुर रानाको उद्धार गरी उपचारार्थ पाल्पा अस्पताल पठाइएको थियो ।

घटनाबारे थाहा पाएपछि वडा प्रहरी कार्यालय वालिङ, बेलटारीबाट खटिएको नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो ।

विहान साढे ९ बजे पहिरोले तीन जना बेपत्ता भएकोमा स्थानीय, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा खोजी गरेपछि तीन जनाको शव फेला परेको हो भने बेपत्ता एक जनाको खोजी भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु