मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • कालीगण्डकी गाउँपालिका
  • स्याङ्जा पहिरो अपडेट : ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टि, एक जना अझै बेपत्ता
कालीगण्डकी गाउँपालिका

स्याङ्जा पहिरो अपडेट : ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टि, एक जना अझै बेपत्ता

  • स्याङ्जा सेरोफेरो बिहिबार, साउन १, २०७७ | July 16, 2020

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ बिर्घाको पहिरोमा परि ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । असार ३० गते (मंगलबार) खहरेखोलामा गएको पहिरोका कारण ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टी गरिएको हो ।

पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्ष ७० वर्षीय इमान सिंह राना, ६० वर्षीय जिमानसिंह राना र ५० वर्षीय टिका थापाको ज्यान गएको थियो । गाउँ नजिकै रहेको कालीगण्डकी नदी अन्तर्गत अरूवाको गौरी घाटमा दाहसंस्कार गरिएको हो । एउटै चिहानमा तीन वटा चिता बनाएर दाहसंस्कार गरिएको छ ।

पहिरोमा परेकामध्य ३ जनाको शव भेटीए पनि १ जना अझै बेपत्ता छन् । स्थानीय प्रेमचन्द्र पाण्डेको शव फेला परेको छैन् । बिर्घामा गएको पहिरोका कारण ठूलो धनजनको क्षति भएको हुँदा सिङ्गो स्याङ्जा जिल्ला स्तब्ध भएको छ ।

फेसबुक प्रतिक्रियाहरु