शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जा : ट्राफिकले ५२ लाख राजस्व संकलन गर्यो
स्याङ्जा सेरोफेरो

स्याङ्जा : ट्राफिकले ५२ लाख राजस्व संकलन गर्यो

  • स्याङ्जा सेरोफेरो आइतवार, साउन ४, २०७७ | July 19, 2020

स्याङ्जा : आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा साधनलाई गरिएको कारवाहीबाट ५२ लाख १५ हजार पाँच सय राजस्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाले सबैभन्दा धेरै ट्र्याक्टर र मोटरसाइकल कारवाहीबाट २६ लाख २३ हजार पाँच सय राजस्व संकलन गरेको छ ।

तीन हजार ९६६ ट्र्याक्टर र मोटरसाइकल कारवाहीमा पर्दा २६ लाख २३ हजार पाँच सय, एक हजार ८२४ जीप, कार, भ्यानबाट ११ लाख ६३ हजार पाँच सय, एक हजार २७१ बसबाट आठ लाख ४० हजार र ९३१ ट्रकबाट पाँच लाख ८८ हजार पाँच सय गरी सात हजार ९९२ सवारीसाधन कारवाहीमा पर्दा उक्त राजस्व संकलन भएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार राजस्व संकलन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु