काठमाडौँ, ६ साउन :
सरकारले आज मध्यरातदेखि लागू हुने गरी झन्डै चार महिनापछि जारी लकडाउनलाई अन्त्य गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइने भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेएका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।