आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • पहिरोले भीरकोटको सार्वजनिक शौचालय पूर्ण रुपमा भत्कियो
भीरकोट नगरपालिका

पहिरोले भीरकोटको सार्वजनिक शौचालय पूर्ण रुपमा भत्कियो

  • स्याङ्जा सेरोफेरो बुधबार, साउन ७, २०७७ | July 22, 2020

स्याङ्जा सेरोफेरो, भीरकोट :

लगातारको वर्षा संगै आएको पहिरोले स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर १ बयरघारीस्थित रहेको सार्वजनिक शौचालय पूर्ण रुपमा भत्किएको छ । असार ३० को वर्षात पछीको पहिरोले क्षति पुराएको उक्त शौचालय साउन लागेसंगैको वर्षातले पूर्ण रुपमा भत्किएको हो ।

पहिरोले शौचालयको छत पूर्ण रुपमा नष्ट भएर ढलेको छ । शौचालयको माथि बाट ठुलो ढुंगा खसेर शौचालयको टिन र एल्युमिनियमको छत ढलेको हो । पहिरो शौचालयको झ्याल फोरेर भित्र छिरेको हो ।

गण्डकी प्रदेश र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा उक्त सार्वजनिक शौचालय निर्माण भएको थियो । बयरघारी, दार्सिंग र रानिरहमा गरि भीरकोटका तिन ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु