स्याङ्जा सेरोफेरो, ७ साउन :
स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ५ स्थित स्वोरेकमा झुण्डीएर एक पुरुषको मृत्यु भएको छ ।
३७ वर्षीय नरेश परिवार मंगलबार राति काव्रोको रुखमा दाम्लोको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनलाई छिमेकीले देखि तल्कालै पासो काटी उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलु लगिएकोमा अस्पतालले मंगलबार राति ८ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मृतकको लास पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।