आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोटमा जिपको ढालबाट खसेर एक जना गम्भीर घाइते
स्याङ्जा सेरोफेरो

भीरकोटमा जिपको ढालबाट खसेर एक जना गम्भीर घाइते

  • स्याङ्जा सेरोफेरो बुधबार, साउन ७, २०७७ | July 22, 2020

स्याङ्जा सेरोफ़ोरो, ७ साउन :

स्याङ्जाको भीरकोटमा जिपको ढालबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।

बुधवार बिहान भीरकोट नगरपालिका वडा नम्बर ४ छाङ्छाङ्दी स्थित सिद्धार्थ राजमार्गमा त्रियासीबाट बयरघारी तर्फ जादै गरेको ग.१.ज. ७४४५ नम्बरको जिपको पछाडी ढालाबाट पाल्पा रम्भा गाउँपालिका वडा नम्बर ४ का १६ वर्षीय मन बहादुर सारु खसी घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घाइतेलाइ प्राथामिक स्वास्थ्य केन्द्र वालिङको रिफरमा थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र जिपलाइ नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु